काठमाडौं महानगरको २५ अर्बभन्दा बढीको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०–८१ का लागि बजेट सार्वजनिक गरेको छ। महानगरको आइतबार बसेको १३ औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।
उपप्रमुख डंगोलले यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याएकी छन्। त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको उनले बताइन्। महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर