बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै निवेदन परेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा आइतबार साहविरुद्ध अवहेलनाको निवेदन दिएकी छन् । उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।

हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनले दिएको आदेशमाथि साहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले आफ्नो निवेदनमा दावी गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर