जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका १३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँ देबी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर