आज तरकारी तथा फलफूलको मूल्य

काठमाडाैं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । 

मूल्यसूचीअनुसार मटरकोसा प्रतिकेजी न्यूनतम मूल्य १८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५, घिउ सिमी राजमा ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ८, लौका ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली ९०, कागती १५० रुपैयाँ, तोरीको साग ३०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ८०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

समितिका अनुसार खुर्सानी सुकेको ४५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, हरियो धनियाँ ९०, लसुन १५०, चाइनिज लसुन २००, छ्यापी सुकेको १२०, रहु माछा ३१५, ताजा माछा (मुङ्ग्री) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप प्रतिकेजी ७०, केरा दर्जन १२०, अनार प्रतिकिलो ४०० रुपैयाँ, किवी ७०० रुपैयाँ, अंगुर कालो ५५०, लोकल लिच्ची १०० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर