विश्वकप छनोट : आज दुई खेल हुँदै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज आईतबार दुई खेल हुँदैछ ।

प्रतियोगिताको आठौं दिन समूह बी का दुई खेलहरु हुँदैछ । प्रतियोगिताको पन्ध्रौं खेलमा आयरल्यान्ड र श्रीलंका खेल्दैछन् । यस खेल हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ ।

लगातार दुई खेलमा जित सहित सुपर सिक्स नजिक पुगेको श्रीलंका यस खेलमा जितका साथ त्यसलाई औपचारिकता चाहन्छ । पहिलो खेलमा युएई तथा दोस्रो खेलमा ओमानलाई श्रीलंकाले फराकिलो अन्तरले पराजित गरेको थियो ।

उता, सुरुआती दुई खेलमा हार व्यहोरेको आयरल्यान्ड आज पहिलो जितको खोजीमा रहेको छ । श्रीलंकालाई पराजित गरि आयरल्यान्ड सुपर सिक्समा प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ ।

May be an image of text that says 'ICC CRICKET WORLD CUP QUALIFIER ZIMBABWE 2023 MATCH NO.15 NO IRELAND 12:45 PM SRI LANKA BULAWAYO GROUP Ð MATCH NO OMAN 16 12:45 PM SCOTLAND BULAWAYO GROUP Ð स्ेलपाटी 25 JUNE 2023'

अर्को खेलमा भने स्कटल्यान्डले ओमानसँग खेल्दै छ । उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा हुनेछ ।

स्कटल्यान्डले तेस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई तथा दोस्रो खेलमा युएईलाई हराएको थियो ।

ओमानले भने पहिलो र दोस्रो खेलमा जित हात पारेको थियो । तर, तेस्रो खेलमा भने पराजित हुन पुगेको थियो । आजको खेलमा जित हात पार्ने टोलीले सुपर सिक्समा स्थान पक्का गर्ने छ ।

दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर