रियल भिल्ला रियलसँग पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।

घरेलु मैदानमा शनिबार राति रियलले भिल्ला रियलसँग ३-२ गोल अन्तरको हार व्यहोरेको हो ।

खेलको १६ औं मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि रियलले सुरुआती अग्रता बनाएको थियो ।

३९ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ४८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

७० औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै भिल्लालाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८० औं मिनेटमा सामुएलले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई ३-२ को जित दिलाए ।

यस हारसँगै रियलले बार्सिलोनासँग अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

दोस्रो स्थानको रियलले २८ खेलमा ५९ अंक जोडेको छ ।

भिल्ला ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर