दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो ।

शनिवार बेलुका करिब ५ बजेको समयमा चट्याङ लाग्दा दंगीशरण गाउँपालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख समेत रहनुभएका मल्लका अनुसार समिरलाई कामको सिलसिलामा खेतमा गएका समयमा चट्याङ लागेको थियो । यस्तै सोही समयमा चट्याङ लागि दंगीशरण गाउँपालिका वडा न ३ निवासी ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरीको पनि मृत्यु भएको छ ।

खेतमा टमाटर टिपेर फर्कदै गर्दा चट्याङले हानेर गम्भीर घाइते हुनुभएका चौधरीकोे तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक मल्ले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक मल्लले भने, ‘शनिबार बेलुका बर्षात्सँगै परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । उनीहरुको शव तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर