नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

काठमाडौं । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल आईसीसी विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ। नेपालको हारसँगै नेदरल्याण्ड सुपर सिक्समा पुगेको छ। समूह ए बाट नेदरल्यान्ड्ससँगै जिम्बाब्वे र वेष्ट इण्डिजले सुपर सिक्समा स्थान पक्का गरेका छन्।

यो समूहबाट एक खेलमा जित निकालेको नेपाल र अमेरिका भने सुपर सिक्सको यात्राबाट टाढिएका छन्। समूह बी बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन्। नेपालले अब ७ देखि १० औं स्थानसम्मको लागि प्लेअफ खेल्नेछ। प्लेअफमा नेपालले समूह बी का पुछारको टोलीसँग खेल्नेछ। समूह बी को पुछारका आयरल्यान्ड र यूएईसँग खेल्नेछ। (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर