बेनिटेज सेल्टाको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । स्पेनिस क्लब सेल्टा भिगोले राफायल बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

ला लिगा क्लबले बेनिटेजलाई तीन वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

६३ वर्षीय प्रशिक्षक गत वर्षको जनवरीमा एभर्टनबाट बर्खास्तमा परेका थिए ।

स्पेनिस बेनिटेजले अब कार्लोस कार्भालहालको स्थान लिनेछन् । उनले सिजनको अन्त्यसँगै क्लब छाडेका थिए ।

अनुभवी प्रशिक्षक बेनिटेजले यस अघि रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया र  न्युकासल हेरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर