नेपाल-चीन फ्रेण्डसीप ड्रागन बोट महोत्सव फेस्टिभल-२०२३ सुरु

काठमाडौं । नेपाल-चीन फ्रेण्डसीप ड्रागन बोट महोत्सव फेस्टिभल-२०२३ सुरु भएको छ । आज पोखरामा फेस्टिवलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती तथा चिनियाँ राजदूत छेन सङले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

महोत्सवको पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । जसमा विजेताले २० लाख रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, प्रतियोगितामा नेपाली चार, चिनियाँ चार गरी आठ समूह सहभागी रहेका छन् । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता रहेको छ ।

महोत्सको उद्घाटन गर्दै मन्त्री किराँतीले दुई देशबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउन महोत्सव फलदायी हुने बताए । उनले नेपाल र चीनबीच हुने यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप उचाई प्रदान गर्ने समेत बताए ।

महोत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल ‘हान’ र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज ‘नारा’ र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसँगको सहकार्यमा आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर