१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सिलवाल पक्राउ

काठमाडौं ।  काठमाडौंको नागार्जुनबाट जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर