चेल्सीलाई उल्भ्सले १-० गोले हरायाे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीलाई उल्भ्सले १-० गोल अन्तरले हराएको हो ।

उल्भ्सको जितमा माथुएस नुनेसले निर्णायक गोल गरे । नुनेसले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै उल्भ्सले ३० खेलमा ३१ अंक जोडेको छ । उल्भ्स १२ औं स्थानमा रहेको छ ।

चेल्सी ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले ब्राइटनलाई २-१ ले हराएको छ ।

न्युकासलले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दा एस्टन भिल्लाले नटिङघम फरेस्टलाई २-० ले हराएको छ ।

त्यस्तै वेस्ट ह्यामले फुलहमलाई १-० ले तथा बर्नेमाउथले लेस्टरसिटीलाई १-० ले हराएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर