श्रीलंकाविरुद्ध ओमान ९८ रनमै अलआउट

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत श्रीलंकाले ओमानलाई ९८ रनमै अलआउट गरेको छ । समूह ‘बी’ अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३० ओभर २ बलमा ९८ रन जोड्दा अलआउट भएको हो ।

ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन तथा जतिन्दर सिंहले २१ रन बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५ र लाहिरु कुमाराले ३ विकेट हात पारे । कसुन राजिथाले १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर