फाइभ नेसन बास्केटबल च्याम्पियनसिपको च्याम्पियन बन्याे भुटान

काठमाडौं । भुटान माल्दिभ्समा सम्पन्न फाइभ नेसन बास्केटबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

लिग राउन्डमा चौथो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

भुटानले बिहीबार भएको फाइनल खेलमा बंगलादेशलाई पराजित गरेर च्याम्पियन बनेको हो ।

बिहीबार राती भएको फाइनल खेलमा भुटान ६२–६० ले विजयी भएको हो ।

दोस्रो सेमिफाइनलमा नेपाललाई ६१–६० ले पराजित गर्दै भुटान फाइनलमा पुगेको थियो ।

पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ७९–६५ ले हराउँदै बंगलादेश अन्तिम दुईमा पुगेको थियो ।

भुटानले नेपाललाई लिग चरण र सेमिफाइनलमा गरि दुवै खेलमा पराजित गरेको थियो ।

नेपालले अन्य टोली बंगलादेश, पाकिस्तान र आयोजक माल्दिभ्सलाई लिग चरणमा हराएको थियो ।

प्रतियोगितामा दक्षिण एसियाका भारत र श्रीलंका बाहेकका राष्ट्रको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर