७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य एक लाख ९ हजार ९५० बाट घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँबाट घटेर १ हजार ३३५ रुपैयाँ प्रतितोला कायम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर