उच्च अदालतको आदेशपछि पनि काठमाडौंका हलमा चलेनन् हिन्दी चलचित्र

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि पनि आज हिन्दी चलचित्र चलेका छैनन् ।

काठमाडौं महानगरापालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको विरुद्धमा परेको रिटमा उच्च अदालत पाटनले बिहीबार हिन्दी चलचित्रकाे प्रदर्शन नरोक्न आदेश दिएको थियो ।

अदालतकाे आदेशपछि प्रमुख शाहले सामाजिक सञ्जालमार्फत आफू अदालतको आदेश नमान्ने र हिन्दी चलचित्र नचल्ने स्पष्ट पारेसँगै आज चलचित्रकाे बुकिङ नखुलाइएको हाे  ।

आज काठमाडौं महानगरभित्रका क्यूएफएक्स, बिगमुभिजलगायतमा हिन्दी चलचित्रको टिकट बिक्री गरिएको छैन । भारतीय हिन्दी चलचित्र आदिपुरुषमा जानकी भारतकि छोरी हुन् भन्ने शब्द नहटाएसम्म कुनै पनि भारतीय चलचित्र प्रदर्शन नगरिने प्रमुख शाहले स्पष्ट पारेका थिय ।

उनले त्यसका लागि तीन दिनको पनि समय दिएका थिय। तर तीन दिनसम्म पनि चलचित्रको उक्त संवाद नकाटिएपछि प्रमुख शाहले चलचित्रको प्रदर्शनमा रोक लगाएका हुन् ।

बुकिङ खुला नभएपछि महानगरपालिकाका प्रहरीहरु पनि फिर्ता भएका छन् । महानगरले हलहरुमा १० जनाका दरले नगरप्रहरी खटाएर हिन्दी चलचित्र रोक्न भनेको थियो । तर आज विहान नगरप्रहरी पनि फिर्ता बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर