स्ट्राइकर इडेन जेको टर्किस क्लब फेनरबाचेमा अनुबन्धित

काठमाडौं । बोन्सिया एण्ड हर्जगोभिनाका स्ट्राइकर इडेन जेको टर्किस क्लब फेनरबाचेमा अनुबन्धित भएका छन् ।

३७ वर्षीय स्ट्राइकर दुई सिजन इन्टर मिलानमा बिताएर टर्किस क्लबमा आबद्द भएका हुन् ।

जेकोले फेनरबाचेसँग दुई वर्षको सम्झौता गरेका छन् ।

उनी २०२१ मा रोमाबाट इन्टर आएका थिए ।

इन्टरका लागि उनले गत सिजन ५२ खेलमा १४ गोल गरेका थिए ।

म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकरको इटालियन क्लबसँगको सम्झौता जुनको अन्त्यबाट सकिदैछ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर