भुटानलाई २-० गोल अन्तरले हराउँदै माल्दिभ्सले विजयी

काठमाडौं । माल्दिभ्सले भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बिहीबार भुटानलाई २-० गोल अन्तरले हराउँदै माल्दिभ्सले विजयी सुरुआत गरेको हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहमद र नाइज हसनले एक एक गोल गरे।

खेलको छैटौं मिनेटमा मोहमदले पेनाल्टीबाट गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा हसनले गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘बी’ मा रहेको माल्दिभ्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।

भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर