संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टिआरसी समितिमा नगर्इकन नटुंगिने स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा शनिबार बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले छलफलमा संसद्लाई गतिलशी बनाउने र अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताए ।

उनले भने, ‘सदनका काम कारबाहीहरूको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ। समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ। दुई तीन दिनभित्र अर्को बैठक बस्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर