विश्वकप छनोट प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदैछ ।

प्रतियोगिताको छैटौं दिन समूह बी का दुई खेलहरुहुँदैछ । प्रतियोगिताको एघारौं खेलमा ओमान र श्रीलंका खेल्दैछन् । यस खेल हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ ।

पहिलो खेलमा युएईलाई फराकिलो अन्तरले पराजित गरेको श्रीलंका आज पनि सोहि लयलाई निरन्तरता दिन चाहान्छ । उपाधी दावेदार मानिएको श्रीलंका आजको खेलमा जित दर्ता गर्दै सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।

उता, सुरुआती दुई खेलमा जित दर्ता गरेको ओमान आज पनि सोहि नतिजा दोहोर्यायन चाहन्छ । श्रीलंकालाई पराजित गरि ओमान सुपर सिक्समा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ ।

अर्को खेलमा भने स्कटल्यान्डले युएईसँग खेल्दै छ । उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा हुनेछ ।

स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई रोमान्चक रुपले पराजित गरेको थियो ।

युएई भने सुरुआती दुई खेल गुमाएर प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको छ । सुपर सिक्सको सम्भावना जीवित राख्न युएईलाई स्कटल्यान्डविरुद्धको खेल जित्न आवश्यक रहेको छ ।

दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित नेपालले चौथो खेलमा शनिबार वेनेदरल्यान्डसँग खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर