विश्वकप छनोट वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डङ गर्ने

काठमाडाैं । एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

हरारे स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन नगरेको कप्तान रोहित पौडेलले जानकारी दिए।

टेस्ट अनुभवी राष्ट्र वेस्टइन्डिजसँग नेपाल जिम्बाब्वेको प्रदर्शन दोहोर्याउँदै आफूलाई बलियो देखाउने प्रयासमा हुने छ। नेपाली समय अनुसार १२:१५ मा हरारे स्पोर्ट्स क्लबमा खेल सुरु हुँदैछ।

नेपालले वेस्ट इन्डिजसँग क्रिकेटका कुनैपनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। शाई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘बिग हिटर’ को टिमका रुपमा परिचित छ। अधिकांश टी-२० प्लेयरको बाहुल्यता रहेको वेस्टइन्डिज लगातार दोस्रो जितको खोजिमा रहेको छ।

वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो। त्यस्तै २०१२ र २०१६ मा टी-२० विश्वकप समेत जितेको थियो। वेस्ट इन्डिजलाई दुई टी-२० विश्वकप जिताएका कप्तान ड्यारेन स्यामी टोलीका मुख्य प्रशिक्षक रहेका छन्। त्यसैले उनीमाथि टिमलाई विश्वकपमा पुर्यानउनुपर्ने दबाब रहेको छ।

त्यसोत नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षकसमेत हुन्। २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी र बलियो पक्षबारे राम्रो अनुभव रहेको छ। त्यसैले मोन्टीले वेस्टइन्डिजको ब्याटिङ लाइनअप कसरी धरासायि बनाउने भन्ने ‘मोन्टी म्याजिक’ केही हदसम्म काम लाग्न सक्छ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिकालाई ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर