प्रशिक्षक जोसे मोरिन्होलाई चार खेलको प्रतिबन्ध

काठमाडौं । इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ ।

इंग्लिस रेफ्री एन्थोनी टेलरलाई गालीगलौच गरेको आरोपमा यूईएफएले मोरिन्होलाई ४ खेलको प्रतिबन्ध गरेको हो ।

युरोपा लिगको फाइनल खेल दौरान मोरिन्होले रेफ्री टेलरलाई गालीगलौच गरेका थिए ।

बुडापेस्टमा भएको फाइनल रोमा र सेभियाबीचको खेल दौरान रेफ्रीविरुद्ध बोलेपछि मोरिन्होलाई टेलरले पहेलो कार्ड देखाएका थिए ।

उक्त खेलमा रोमालाई पेनाल्टीमा हराएर सेभिया च्याम्पियन बनेको थियो ।

मोरिन्होले खेलपछिको पत्रकार सम्मेलनमा टेलरको आलोचना समेत गरेका थिए ।

यस्तै यूईएफएले आगामी सिजन एक युरोपियन खेलमा आफ्ना समर्थकलाई टिकट बेच्न प्रतिबन्ध समेत लगाएको छ । यस्तै रोमालाई ५५ हजार युरो जरिवाना तिराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर