बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका दुवैजना पुरुष हुन् । उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको थियो ।

जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

मृतक दुवै पुरुष रहेको केसीले बताए । जिपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर