आज मंगरबारको फलफूल तथा तरकारीकाे मूल्य

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ५०, घिउ सिमी राजमा ६०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४३, नेपाली गोलभेँडा ठूलो ३५, भारतीय गोलभेडा ठूलो ३५, टनेल गोलभेडा सानो ८, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, पालुङ्गो साग १००, निगुरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ, लोकल काँक्रो १२०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ४०० रुपैयाँ, किवी ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुङ्ग्री) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनियाँ १५०, लोकल लिच्ची १००, खुर्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर