साफ च्याम्पियनसिप : आज नेपालले र कुवेत भिड्दै

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल बुधबारबाट भारतमा सुरु हुँदैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।

च्याम्पियनसिपको उद्घाटन खेलमा साविक उपविजेता समेत रहेको नेपालले कुवेतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली कुवेतविरुद्ध नेपाललाइ सहज हुने छैन ।

फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत १४३ औं स्थानमा छ ।

नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ ।

यस्तै पहिलो दिन भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र भारतबीच राति पौने ८ बजे दोस्रो खेल हुनेछ ।

यस संस्करणको साफमा नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर