सेनेगलले ब्राजिललाई हरायो

काठमाडौं । फिफा मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई हराएको छ ।

बुधबार भएको खेलमा सेनेगलले ब्राजिललाई ४-२ गोल अन्तरले हराएको हो ।

सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे ।

खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा हिबाब डियालोले गोल गर्दै सेनेगललाई १-१ को बराबरीमा ल्याए ।

खेलको ५२ औं मिनेटमा ब्राजिलका मार्क्विन्होसले आत्मघाती गोल गर्दा सेनेगल २-१ ले अघि रह्यो ।

५५ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३-१ को अग्रता दिलाए ।

खेलको ५८ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ४-२ को जित दिलाए । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर