रोनाल्डोले निर्णायक गोलमा पोर्चुगलको जित

काठमाडौं । युरोकप छनोटमा पोर्चुगलले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

खेलको ८९ औं मिनेटमा रोनाल्डोले निर्णायक गोल गरे ।

३८ वर्षीय रोनाल्डोको यो १२३ औं अन्तराष्ट्रिय गोल हो ।

यस्तै खेलको ८० औं मिनेटमा विलियम विलिमसनले रातो कार्ड पाएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो।

आइसल्याण्डविरुद्धको खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि २०० अन्तराष्ट्रिय खेल समेत पूरा गरेका छन् ।

यस जितपछि पोर्चुगलले ४ खेलमा १२ अंक जोडेको छ ।

पोर्चुगल समूह ुजेु को शीर्ष स्थानमा रहेको छ ।

आइसल्याण्ड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर