एमालेभित्र कुनै गुटबन्दी नभएको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको बताएका छन् ।

राजधानीमा शनिबार आयोजित अनेमसंघको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले भने, ‘समृद्ध नेपाल सुखी नेपाली विचारहरूको पनि विचार, आजको जनताको बुदलीय जनवाद हो । एमाले फुटाएर पदको लोभ देखाउँदासमेत पार्टी बलियो पारेको भन्दै अनेमसंघलाई धन्यवाद चाहन्छु ।’

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताउँ उनले एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए ।

अध्यक्ष ओलीले भने, ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो गु्रप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला । एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर