दक्षिण भारतीय फिल्मका स्टार अभिनेता राम चरण ११ वर्षपछि पिता बने

काठमाडौं । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् ।सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ ।

अस्पतालको मेडिकल बुलेटिनमा लेखेका छ, ‘उपासना कामिनेनी र राम चरणले २० जून २०२३ मा हैदराबादको अपोलो अस्पताल जुबली हिल्समा छोरीलाई जन्म दिएका छन् ।

अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक भएको जानकारी दिएको छ । यी दुईलाई धेरैले बधाई दिइरहेका छन् । १४ जून २०१२ मा यी दुईको विवाह भएको थियो । विवाहको ११ वर्षपछि उनीहरुले छोरी जन्माएका हुन् । उपासनाले आफ्नो डिम्ब फ्रिज गरेर राखेकी थिइन् ।

उपासना पहिला आफ्नो करियरमा केन्द्रित हुन चाहन्थिन् । आमा बन्न उनले समय पनि लिइन् । राम चरण दक्षिणका ठूला स्टार हुन् । यस्तै उनकी श्रीमती उपासना व्यवसायी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर