राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत् जानकारी दिए ।

राष्ट्रपति पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार राति  अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ। हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेकाे विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर