जुवातास खेलिरहेको अवस्थाका ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर