युरोकप छनोटमा इंग्ल्यान्डले फराकिलो जित

काठमाडौं । युरोकप छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा इंग्ल्यान्डले नर्थ मासेडोनियालाई ७-० गोल अन्तरले हराएको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले ह्याट्रिक गोल गरे ।

ह्यारी केनले दुई गोल गरे । मार्कुस राषफोर्ड र काल्भिन फिलिप्सले एक एक गोल गरे ।

इंग्ल्यान्डको यो लगातार चौंथो जित हो ।

इंग्ल्यान्डले ४ खेलमा १२ अंक जोडेको छ ।

इंग्ल्यान्ड समूह सी को शीर्ष स्थानमा रहेको छ ।

नर्थ मासेडोनिया ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

युरोकप छनोट अन्तर्गत नै टर्कीले वेल्सलाई २-० ले हराएको छ ।

आयरल्याण्डले जिब्राल्टरलाई ३-० ले हराएको छ ।

डेनमार्कले स्लोभानियासँग १-१ गोलको बराबरी खेलेको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर