आज मंगलबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन २ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार २ सयले घटेर एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर