एपीएफ लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तीन संस्करणको उपाधि जितेको हो ।

बिहीबार एपीएफ क्लबले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै तेस्रो पटक च्याम्पियन बनेको छ ।

ललितपुर मेयर्स कपको तीनै संस्करणमा एपीएफ च्याम्पियन भएको छ । पहिलो र दोस्रो संस्करणमा सुदूरपश्चिम प्रदेश पराजित भएको थियो ।

टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन मात्र बनायो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन् । अप्सरी बेगमले १० रन बनाईन् ।

एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान १र१ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।

एपीएफका लागि कप्तान सीता राना मगरले ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । इन्दु बर्माले ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् ।

कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् ।

अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो । समूह चरणको खेलमा एपीएफले कोशीलाई ७ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर