जलस्रोत विभागका तत्कालीन महानिर्देशक राजभण्डारीविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार गरेको अरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ५६ लाख ७७ हजात ३४६ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारको आरोपपत्रमा राजभण्डारीको सरकारी सेवामा २०५१ सालमा प्रवेश गरेदेखि २०७९ सालमा अवकाश प्राप्त गर्दासम्म वैधानिक स्रोत ३ करोड ८५ लाख ५१ हजार ७४० कमाएको उल्लेख छ । तर, उनको सात करोडभन्दा बढीको सम्पत्ति देखिएको अख्तियारको दाबी छ ।

शर्माको स्रोत खुल्न नसकेको सम्पत्ति बराबरको बिगो दाबी गरिएको हो । त्यस्तै, उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम कैद तथा जरिबानाको दाबी गरिएको छ । राजभण्डारीले सरकारी सेवामा रहेर कमाएको अकूत सम्पत्ति आफ्नो श्रीमती दीपा श्रेष्ठ समेतको नाममा राखेकाले श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर