कार्लो एन्सोलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने

काठमाडौं । इटालियन प्रशिक्षक कार्लो एन्सोलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।

विभिन्न रिपोर्ट अनुसार एन्सोलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्न सहमत भएका छन् ।

ब्राजिल फुटबल फेडेरेसनका अध्यक्ष एडनाल्डो रोड्रिग्सले एन्सोलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने पुष्टि गरेको गोलडटकमले जनाएको छ ।

एन्सोलोटी स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता सकिएपछि ब्राजिलमा आबद्द हुने बताईएको छ ।

उनको रियलसँगको सम्झौता २०२४ सम्म रहेको छ ।

कतार विश्वकपपछि टिटेले मुख्य प्रशिक्षक पद छाडेपछि ब्राजिलले एन्सोलोटी ल्याउन प्रयास गरिरहेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर