घोराही सिमेन्टको आईपीओ स्थगित
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।
सिमेन्ट कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेपछि पनि म्याद थपका लागि अनुरोध भएको र यसबारे स्पष्टीकरण माग गर्दा प्राप्त नभएको बोर्डले जनाएको छ ।
बोर्डले सर्वसाधारण लगानीकर्ताको सुरक्षा र हितलाई मध्यनजर राख्दै रेटिङ र सार्वजनिक निष्कासन सम्बन्धी कैफियत जाँचबुझका लागि सार्वजनिक निष्कासन प्रक्रिया स्थगित गरिएको जनाएको छ
प्रतिक्रिया