भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित एक वृद्धा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित एक वृद्धा पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर