रियल मड्रिडमा स्पेनिस फरवार्ड जोसेलु अनुबन्ध

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले स्पेनिस फरवार्ड जोसेलुलाई अनुबन्ध गरेको छ ।

रियलले स्पानियोलबाट फरवार्ड जोसेलुलाई लोनमा अनुबन्ध गरेको हो ।

रियलले सोमबार एक विज्ञप्ति निकाल्दै जोसेलुलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ ।

रियलले एक सिजनका लागि जोसेलुलाई लोनमा अनुबन्ध गरेको हो ।

३३ वर्षीय जोसेलु ११ वर्षपछि रियल फर्किएका हुन् ।

उनी २००९ मा रियलको एकेडेमी भर्ना भएका थिए ।

जोसेलुले २०११ मा रियलको सिनियर टोलीमा डेब्यु गरेका थिए ।

तर, उनी २०१२ मा रियल छाडेर होफेनहाइममा आबद्द भएका थिए ।

जोसेलुले स्पेनको लागि ४ खेलमा ३ गोल गरिसकेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर