शेयर बजार सामान्य घट्याे, कारोबार रकम ४ अर्ब ७४ करोडमा सीमित

काठमाडौं । हिजाे (आइतवार) उच्च अङ्कले बढेकाे शेयर बजार आज (साेमवार) भने सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेकाे छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहकाे शेयर घटेकाेमा बिमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।

आज दुई सय ७६ वटा कम्पनीका एक कराेड २९ लाख कित्ता शेयर चार अर्ब ७४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे २९ कराेड ८२ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी, वीपीडब्ल्यू लघुवित्त र मेन्छ्याम हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर