विदेशीले बनाएको सरकारको म इज्जत गर्दिनँ : मेयर बालेन

काठमाडौं । सामाजिक सञ्जालमा संघीय सरकारले गरेको असहयोगविरुद्ध आफ्नो आक्रोश पोख्दै मेयर बालेन साहले फेरि अर्को क्षेप्यास्त्र छाडेका छन् ।

मेयर साहले शनिबार फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । उनले संघीय सरकारले काठमाडौं महानगरपालिकाकको सकारात्मक कार्यमा देखाएको असहयोगप्रति आक्रोश पोख्दै शनिबार नै अर्को फेसबुक स्टाटसमा उनले नेपाल सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाउँदै आफूले त्यस्ता सरकारको इज्जत नगर्नेसमेत उल्लेख गरेका छन् । उनले आफ्नो अस्तित्व कहिले बनाउँने भन्दै प्रश्नसमेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ । यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत उनले यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताएका थिए ।

यस्तै मेयर शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन आग्रह गरेका छन् । महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू पोष्ट गर्दै उनले हटाउन आग्रह गरे । उनले प्रहरी आफैँले नहटाए महानगर हटाउन बाध्य हुने भन्दै चेतावनीसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर