आज सोमबार सुनको मूल्य स्थिर

काठमाडौं । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्यमा भने ५ रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर