यसरी ढोगे उपप्रधानमन्त्री खड्काले गृह जमीन
काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर जमीनमा ढोगेका छन् । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै जमीनमा ढोगेका हुन् ।
अब चाँडै कर्णाली सरकारमा कांग्रेस देख्नु हुनेछः उपप्रधानमन्त्री खड्का
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि चाँडै हुने बताए ।
कर्णाली प्रदेशको सरकार पनि केन्द्रको गठबन्धन अनुसार हुने अघि बढने जनाएका उपप्रधानमन्त्री खड्काले भने, ‘शीर्ष नेताहरुबीचको बैठक बसेर कर्णाली सरकार परिवर्तनको विषयमा छलफल हुनेछ, अब चाँडै कर्णालीमा कांग्रेस सरकारमा गएको देख्नु हुनेछ।’