नेपालले आयोजकलाई ७५-६८ अंकले हराउँदै जित हात पार्याे

काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजकलाई ७५-६८ अंकले हराएको हो ।

नेपालको यो तेस्रो जित हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बंगलादेशलाई हराएको थियो ।

नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।

नेपाल शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको हो ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर