मेयर बालेन्द्रले कारवाहीकाे चेतावनी दिएसँगै काठमाडौंमा सामुदायिक बिद्यालय बन्दको अवज्ञा

काठमाडौं । आज आइतबार देखि सामुदायिक बिद्यालय बन्दको आव्हानको काठमाडौमा कुनै असर परेको देखिएन ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हानलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको प्रतिरोध पश्चात काठमाडौंमा सामुदायिक बिद्यालय बन्दको अवज्ञा भएको हो ।

काठमाडौंमा सामुदायिक विद्यालयहरुमा निर्वाध पठनपाठन भईरहेको छ । सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।

विद्यालय बन्दको आह्वान भएपछि मेयर बालेन्द्रले हिजो विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका थिए भने उनले, सामाजिक सञ्जालमा स्टाटस लेख्दै काठमाडौं महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिंँदै कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।

शाहले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिएका थिए ।

विद्यालय बन्द गराउन जबर्जस्ती गरिए प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाउने र फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर साहले चेतावनी दिएका थिए । काठमाडौं बाहिरका जिल्लाहरुमा भने पठन पाठन अवरुद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर