वेस्ट इन्डिज र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज आईतबारबाट जिम्बावेमा सुरु हुदैछ ।

पहिलो दिन दुई खेल हुदै छन् । पहिलो दिन जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाल र घरेलु टोलीबीच हुनेछ ।

अर्को खेलमा भने दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिजले अमेरिकासँग खेल्दै छ । उक्त खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा खेलिरहेका अमेरिका तथा वेस्ट इन्डिज जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।

गत संस्करणको विश्वकप छनोटको उप विजेता रहेको वेस्ट इन्डिज अमेरिकालाई हराउँदै प्रतियोगिताको सुखद सुरुआत गर्न चाहन्छ ।

अमेरिका पनि प्रतियोगिताको दावेदार मानिएको वेस्ट इन्डिजलाई पहिलो खेलमा स्तब्ध पार्ने सोचमा रहेको छ ।

वेस्ट इन्डिजविरुद्ध अमेरिकाको यो पहिलो ओडिआई खेल हो । पहिलो भेट ऐतिहासिक बनाउने सोचमा अमेरिका रहनेछ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर