बिहान खाली पेटमा बेसार–पानी पिउनुका फाइदै–फइदा

काठमाडौं । बेसार प्रत्येकको भान्सामा सहजै उपब्ध छ । बेसारमा अनेक गुणहरू पाइन्छन् । यसले मानव स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खान सकिन्छ । स्वादका लागि नुन पनि मिसाउन सकिन्छ । यसले जुका मार्न मद्दत गर्छ ।

यस्तै अनुहारको दाग हटाउन पनि बेसार उपयोगी छ । बेसार र कालो तिललाई बराबर मात्रामा मिसाएर पिसेर पेष्ट बनाएर लगाउँदा अथवा बेसार र दुधको पेष्ट लगाउन सकिन्छ । जसले छालाको रंगमा निखारता आउँछ ।

खोकी लागेको अवस्थामा पनि बेसार उपयोगी हुन्छ । बेसारको सानो टुक्रा मुखमा राखेर चुस्नाले खोकीबाट आराम दिन्छ । यस्तै, छालाको अनावश्यक रौँ हटाउन बेसार र नरिवलको तेल मिलाएर पेस्ट बनाएर लगाउन सकिन्छ । यसबाट छाला नरम हुन्छ भने शरीरको अनावश्यक रौँ पनि बिस्तारै हट्दै जान्छ ।

घामले डढेर छाला कालो भएको छ भने बेसारको धुलो, बदामको धुलो र दही मिसाएर लगाउने हो भने छालामा निखारता आउँछ । यसले एक प्रकारको सनस्क्रीन लोशनको काम गर्छ । मुखको छालामा घाउ भएकालाई पनि बेसार पानीले कुल्ला गर्नाले फाइदा हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर