सामुदायिक विद्यालय आइतबारदेखि अनिश्चितकालका लागि बन्द हुने

​​​​​​​काठमाडौँ । देशभरका सामुदायिक विद्यालय आइतबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन्  ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आइरहेको छ । आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भइसक्दासमेत आफ्नो मागप्रति सरकार गम्भीर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट वक्तव्यमा भने उक्त विषय छुटाएपछि परिषद् आन्दोलनमा उत्रिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर