इंग्ल्यान्डले माल्टालाई ४-० ले हराउँदै निकाल्याे फराकिलाे जीत

काठमाडौं । युरोकप छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले माल्टालाई ४-० गोल अन्तरले हराएको हो ।

इंग्ल्यान्डको जितमा ट्रेण्ट एलेक्स्जेन्डर आर्नोल्ड, ह्यारी केन, कलुम विल्सनले एक एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा फेर्डीनान्डो अपापको आत्मघाती गोलबाट इंग्ल्यान्डले सुरुआती अग्रता बनाएको थियो ।

खेलको २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दा इंग्ल्यान्ड २-० ले अघि रह्यो ।

खेलको ३१ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई तेब्बर अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा कलुमले पेनाल्टीबाटै गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।

जितसँगै इंग्ल्यान्डले ३ खेलमा ९ अंक जोडेको छ ।

इंग्ल्यान्ड समूह सी को शीर्ष स्थानमा रहेको छ ।

माल्टा अंक विहीन रहदै पुछारमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर