फ्रान्सले जिब्राल्टरलाई ४-० गोल अन्तरले हराएर निकाल्याे सहज जित

काठमाडौं । युरोकप छनोट अन्तर्गतको खेलमा फ्रान्सले सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई ४-० गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा ओलिभर जेरुड र केलियन एमबाप्पेले एक एक गोल गरे । फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा आयमेन मौएल्हीले आत्मघाती गोल गर्दा फ्रान्स ३-० ले विजयी भयो ।

जितसँगै छनोटको बी मा रहेको फ्रान्सले ३ खेलमा ९ अंक जोडेको छ ।

फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

जिब्राल्टर अंक विहीन रहदै पुछारमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर